
काठमाण्डु, १९ चैत– कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी कार्यालय सानेपामा बस्दै छ । बैठक आज आइतबार बिहान १० बजे बैठक बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन ।
बैठकमा उपनिर्वाचनका सन्दर्भमा छलफल हुने उनले बताएका छन । १० वैशाखमा बारा–२ मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने वा जसपाका उम्मेदवारलाई समर्थन गर्ने बैठकले निर्णय लिने छ ।
कांग्रेसले तनुहँ– १ मा गोविन्द भट्टराई र चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । उपनिर्वाचनको तयारीका लागि केही नेताहरुले बैठकले जिम्मेवारी दिने बताइएको छ ।
बैठकमा सरकारमा सहभागिताको विषयमा आन्तरिक विवादबारे पनि छलफल हुने बताइएको छ । सत्ता गठबन्धनमा कांग्रेसले पाएको ८ मन्त्रालयमा तीन मन्त्रालय आफ्नो समूहले पाउनुपर्ने भन्दै शेखर कोइराला गगन थापासमूहले मन्त्रीको नाम पठाएको छैन ।