चन्द्रागिरी डाँडामा हिमपात (तस्वीरसहित)

काठमाण्डु टुडे २०७९ चैत १८ गते १४:२७ मा प्रकाशित

काठमाण्डु,१८ चैत– काठमाण्डुको चन्द्रागिरी डाँडामा हिमपात भएको छ । आज शनिबार चन्दागिरी डाँडास्थित चन्द्रागिरी रिसोर्ट वरिपरिका क्षेत्रमा हिमपात भएको छ ।

यसअघि माघ–फागुनमा चन्द्रागिरी डाँडामा हिमपात हुने गरेको भएपनि यो वर्ष भने पहिलोपटक मध्यचैतमा हिमपात भएको छ । आज देशका केही हिमाली र उच्च पहाडी भेगका विभिन्न ठाउँमा हिमपात भैरहेको छ।

पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएकाले वर्षा र हिमपात भएको मौसम विभागले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us