
काठमाण्डु,१८ चैत– एमालेले केन्द्रीय सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा १० वैशाखमा तीन निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा उम्मेदवार छनोट लगायत समसामयिक विषय छलफलका एजेन्डा रहेको उपमहासचिव विष्णु रिमालले जानकारी दिएका छन ।
१० वैशाखमा चितवन–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदैछ । एमालेले चितवनमा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उठाउने लगभग निश्चित जस्तै छ ।
बारा २ बाट भने एमालेले कसलाई उठाउने भन्ने सचिवालय बैठकले निर्णय गर्ने एक नेताले जानकारी दिएका छन । उपनिर्वाचनका लागि चैत २० गते उम्मेदवारी मनोनयन गर्ने कार्यसूची छ ।