पूर्णबहादुर खड्काको प्रश्न: मन्त्री पो बन्दिनँ भनेको थिएँ, मैंले उपप्रधानमन्त्री बन्दिनँ भनेर कहिले भनेको थिएँ ?

काठमाण्डु टुडे २०७९ चैत १८ गते १४:१० मा प्रकाशित

काठमाण्डु,१८ चैत– उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले आफूले यसअघि मन्त्री बन्दिनँ भनेको र अहिले उपप्रधानमन्त्री बनेको बताएका छन ।

उनले यसअघि नै सार्वजनिक कार्यक्रमहरुमा आफू पटक पटक मन्त्री भएकाले अब फेरि मन्त्री नबन्ने बताउदै आएका थिए । उनको त्यही भनाइलाई लिएर सामाजिक सञ्चालमा आलोचना पनि भइरहेको बेला उनले यस्तो बताएका हुन ।

उनले भने , ‘ मन्त्री खान्न भन्नुभयो, मन्त्री बन्दिनँ भन्नुभयो, तर फेरि मन्त्री बन्नुभयो भनेर सामाजिक सञ्लमा आइरहेको छ,’ उनले प्रश्न गरे, ‘मैंले उपप्रधानमन्त्री बन्दिनँ भनेर कहिले भनेको थिएँ ? मैले मन्त्री बन्दिनँ भनेको हो, यो कुरामा म अहिले पनि अडिग नै छु ।’

उपप्रधानमन्त्री नपाएको भए आफू अहिलेको सरकारमा सहभागी नहुने पनि उनले बताएका छन ।आज शनिबार बाडेगाउँस्थित कृष्णप्रसाद भट्टराईको आश्रम पत्रकारसित कुरा गर्दै उनले यस्तो बताएका हुन ।

उनले भने, ‘अहिले म मन्त्री मात्र बनिरहेको छैन, अहिले म मुलुकको उपप्रधानमन्त्री छु भन्ने कुरा मेरा शुभचिन्तकहरु, साथीहरू, सामाजिक सञ्लालमा मेराबारेमा टिप्पणी गर्ने सबै मित्रहरुलाई स्पष्ट पार्न चाहन्छु म मन्त्री मात्रै बन्थिनँ ।’

पछिल्लो सात वर्षमा नेताहरुले मन्त्री प्रस्ताव गर्दा आफूले मन्त्री मात्र नबन्ने बताएको र अहिले उपप्रधानमन्त्री पनि बन्ने स्थिति आएपछि उपप्रधानमन्त्रीसहित रक्षामन्त्रीको जिम्मेवारी लिएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us