
काठमाण्डु,१८ चैत– एमालेले आगामी १० वैशाखमा तीन निर्वाचन क्षेत्रमा हुने उप निर्वाचनमा उम्मेदवार छान्न केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा केही बेरमा बैठक बस्न लागेको उपमहासचिव विष्णु रिमालले जानकारी दिएका छन । उम्मेदवार छनोट लगायत समसामयिक विषय छलफलका एजेन्डा रहेको उनले बताएका छन ।
बैशाख १मा चितवन २, बारा २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ । एमालेले चितवन २ चितवनमा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाल उठाउने लगभग निश्चित छ ।
बारा २ बाट भने एमालेले कसलाई उठाउने भन्ने सचिवालय बैठकले निर्णय गर्ने बताइएको छ । उपनिर्वाचनका लागि चैत २० गते उम्मेदवारी मनोनयन गर्ने कार्यसूची छ ।