बाजुरा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाण्डु टुडे २०७९ चैत १३ गते ७:५४ मा प्रकाशित

बाजुरा, १३ चैत– बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

बाजुराको साप्टालाई केन्द्रबिन्दु बनाएर गएराति १० बजेर २७ मिनेट जाँदा ४ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार भूकम्पको धक्का बाजुरासहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । पछिल्लो समय बाजुरा केन्द्रबिन्दु भएर पटकपटक भूकम्प गइरहेको छ । पछिल्लोपटक गत १० फागुनमा पनि बाजुरा केन्द्रबिन्दु भएर ५ दशमलब २ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूगर्भविदहरुले पश्चिम नेपालमा ५ सय वर्षदेखि भूकम्प नगएको भन्दै भूकम्पीय जोखिम उच्च रहेको चेतावनी दिँदै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us