बढ्दै कोरोना ,सक्रिय सङ्क्रमितको सङ्ख्या ४२ पुग्यो

काठमाण्डु टुडे २०७९ चैत १२ गते १७:२९ मा प्रकाशित

काठमाण्डु, १२ चैत- पछिल्ला केही दिनमा नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढ्दो क्रममा रहेको छ ।

आइतबार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर ४२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जनायको छ । मन्त्रालयका अनुसार आज थप १६ जना सङ्क्रमित थपिएका छन् ।

पीसीआर विधिबाट पुष्टि भएका यसमा पछिल्ला ५ दिनको सञ्चित रहेको सङ्ख्या पनि समावेश छ । पछिल्लो २४ घण्टामा २ जना निको भएका छन् ।

नेपालमा हालसम्म पीसीआर विधिबाट १० लाख १ हजार २२३ जना तथा एन्टिजेन विधिबाट १ लाख ५२ हजार २३३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै ९ लाख ८९ हजार १६१ जना सङ्क्रमणमुक्त पनि भएका छन् । नेपालमा हालसम्म १२ हजार २० जनाको मृत्यु भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us