नेप्से परिसूचक २६ अंकले घट्यो,कारोबार रकम पनि खुम्चियो

काठमाण्डु टुडे २०७९ चैत १२ गते १५:५३ मा प्रकाशित

काठमाण्डु,१२ चैत- केही दिन यता लगातार ओरालो यात्रामा रहेको नेप्से सूचकमा आइतबार थप २६.८७ अंकले घट्दै १८ सय ८८.२७ अंकको विन्दुमा झरेको छ ।

साताको पहिलो कारोबार दिन आइतबार कारोबार रकम समेत खुम्चिएको छ। ।आइतबार २५९ धितोपत्रको ३२ हजार १६८ वटा कारोबारबाट ३७ लाख ५४ हजार ३३४ कित्ता सेयर किनबेच भएको छ । यस दिन कारोबार रकम १ अर्ब २८ करोड ९३ लाख ७१ हजार ५३१ रुपैयाँको भएको छ ।

गत बिहीबार भने १ अर्ब ४१ करोड ३२ लाखको कारोबार भएको थियो ।आइतबार सबै उपसूचकको मूल्यमा गिरावट आएको छ । म्युचुअल फण्ड र लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।घट्दो बजारमा पनि आइतबार माया खोला हाइड्रो र एसियन हाइड्रोको मूल्य भने सकारात्मक सर्किट लेवलमा बढेको छ ।

कालिञ्चोक दर्शन प्रालिको समेत मूल्य धेरैले बढ्यो ।जीवन विकास लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, युनिक नेपाल लघुवित्त र महिला लघुवित्तको सेयर मूल्य नकारात्मक सर्किट लेवलमा घटेको छ ।

आइतबार हिमालयन डिष्ट्रिलरी, एनआइसी एसिया, नेस्डो, नविल बैंक, शिवम् सिमेन्टसहितका धितोपत्रको कारोबार धेरै भएको छ ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us