सांसद र मन्त्रीका स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीको बढाऔं: ज्ञानेन्द्र शाही

काठमाण्डु टुडे २०७९ चैत १२ गते १४:५१ मा प्रकाशित

काठमाण्डु ,१२ चैत- राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सबै सांसद र मन्त्री तथा सांसदका स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीको तलब बढाउन माग प्रस्ताव गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले राष्ट्रलाई चिनाउने खेलाडी पलायन हुने स्थिति बढेको भन्दै खेलाठीको पारिश्रमिक बढाउन प्रस्ताव गरेका हुन् । खेलाडीको पारिश्रमिक मन्त्रीका स्वकीय सचिवको भन्दा पनि कम रहेको भन्दै उनले तत्काल खेलाडीको पारिश्रमिक बढाउन माग गरेका हुन् ।

राष्ट्रलाई चिनाउने खेलाडी हुन् । तर, उनीहरु पलायन भएका छन् । राष्ट्रिय फुटबल टोलीका कप्तान भइसकेका सुजल श्रेष्ठ अष्ट्रेलिया पलायन भए । भक्तपुरका बागेश्वरी विद्यालयका १२ कक्षामा पढ्ने विद्यार्थी छुट्टिने बेलामा खाडी मुलकमा भेटौँला लेखे,’ उनले भने, ‘राष्ट्रलाई चिनाउने खेलाडीको पारिश्रमिक मन्त्रीका स्वकीय सचिवको भन्दा कम छ ।बरु हामी सबै सांसद र मन्त्रीका स्वकीय सचिवको तलब कटौती गरेर भए पनि खेलाडीको तलब बढाउनुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us