
काठमाण्डु ,१२ चैत -चालू आर्थिक वर्षको फागुन महिनामा २ करोड रुपैयाँको काजु आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको फागुन महिनासम्मको तथ्यांक अनुसार एकै महिनामा २ करोड रुपैयाँको काजु आयात भएको हो ।गयको सात महिना अर्थत माघसम्ममा ४१ करोड ५० लाख रुपैयाँको काजु आयात भएको थियो ।
फागुन महिनासम्ममा ४३ करोड ५३ लाख रुपैयाँको काजु भित्रिएको छ । जबकी, फागुन महिनामा भित्रिएको काजुको तथ्यांकसँगमाघसम्मको तथ्यांक घटाउँदा २ करोड हुन्छ।यस अवधिमा करिब ६ लाख ५० हजार किलोग्राम काजु आयात भएको छ ।