
काठमाण्डु, ११ चैत– राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार नेपालमा साधारण मोवाइल फोन हुने परिवार ७३.१५ प्रतिशत रहेको छ । यस्तै स्मार्ट मोबाइल फोन भएका परिवार ७२.९४ प्रतिशत रहेको पाइएको छ ।
३.८८ प्रतिशत परिवारमा भने मोबाइल फोन, टेलिभिजन जस्ता कुनै सुविधा नरहेको छ । ९६.१२ प्रतिशत परिवारमा कम्तीमा एक किसिमको सुविधा उपलब्ध रहेको छ ।
नेपालमा रहेका कुल परिवारमध्ये ४९.३७ प्रतिशतमा टेलिभिजन, ३७.७२ प्रतिशतमा इन्टरनेट सुविधा, उपलव्ध रहेको पाइएको छ ।