
काठमाण्डु, ११ चैत– कांग्रेस महामन्त्री गगन थापाले आगामी आम निर्वाचनमा कांग्रेस पार्टी एक्लै चुनाव लड्ने बताएका छन । आज शनिबार कांग्रेस क्षेत्रीय समितिले भैरहवामा गरेको अन्तरक्रियामा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
महामन्त्री थापाले २०८४ हुन निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेस एक्लै लड्ने गरी अगाडि बढ्नुपर्ने बताएका छन । उनले भने, ‘अहिले नेपाली कांग्रेसलाई जराबाटै मजबुत बनाउनुपर्छ र २०८४ सालमा जतिवटा मोर्चा बने पनि कांग्रेस एक्लै चुनाव लड्नुपर्छ, ‘८ लाख पार्टी सदस्य भएको र ३ सय स्थानीय सरकारको नेतृत्व गरिरहेको ठूलो पार्टी अर्को चुनावमा अन्य पार्टीलाई मत हाल्न नपरोस् भन्ने गरी अघि बढ्नुपर्छ ।’
थापाले तत्कालीन नेकपा विभाजन र संसद विघटनले गठबन्धनको संस्कृति निर्माण भएको बताएका छन । थापाले केही दिनमा मन्त्रीमण्डलले पूर्णता पाउने बताए ।
पार्टीको बैठक भन्दा ३ गुना धेरै गठबन्धनको बैठकमा बस्नुपरेको भन्दै उनले जनताको असन्तुष्टिलाई सम्बोधन हुने गरी सरकार अघि बढ्नुपर्ने बताएका छन ।