
काठमाण्डु, ११ चैत – प्रतिनिधि सभाका देवराज घिमिरेले बालबालिका तथा युवाहरुलाई व्यवसायिक तथा नैतिक शिक्षाको खाँचो रहेको बताएका छन् ।
छैटौं एशिया प्रशान्त क्षेत्रीय म्यासेन्जर अफ पीस कार्यक्रमको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन । उनले सभामुख घिमिरेले संसारभर नै बालबालिका तथा युवाहरुलाई व्यवसायिक तथा नैतिक शिक्षाको खाँचो रहेको र यो खाँचोलाई स्काउटले पूर्ति गर्नसक्ने बताएका छन ।
उनले सिमित मुलुकका राज्यले मात्रै स्काउटको क्षेत्रमा लगानी गरिरहेको भन्दै सबै मुलुकहरुले स्काउट क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका छन । उनले भने, ‘बालबालिका तथा युवावर्गलाई अनुशासित, स्वावलम्वी, चरित्रवान तुल्याइ सेवाभावको अभिवृद्धि गर्दै असल नागरिकको रुपमा देश विकास कार्यमा सहभागी गराउन नेपालमा १९५३ सालमा स्थापना भएको हो स्काउट ।
उनले आज संसारभर नै बालबालिका तथा युवाहरुलाई व्यवसायिक तथा नैतिक शिक्षाको खाँचो छ । तर सिमित मुलुकमा मात्रै राज्यले यस क्षेत्रलाई लगानी गरेको पाइन्छ ।’
सभामुख घिमिरेले सुन्दर भविष्यको परिकल्पना गर्ने हो भने स्काउटको अभियानलाई सबैले सार्थक बनाउनुपर्ने बताएकम छन । उनले स्काउटको अभियानमा नयाँ पुस्तालाई सानै उमेरदेखि सचेत गराउनु जरुरी रहेको बताएका छन ।
सभामुख घिमिरेल भने, ‘हामी संसारका सुन्दर भविष्यको परिकल्पना गर्ने हो भने अवश्य पनि उक्त अभियानमा हाम्रा नयाँ पुस्तालाई सानै उमेरदेखि सचेत गराउनु जरुरी छ ।
यसका लागि सबैभन्दा राम्रो माध्यम भनेको स्काउट अभियान बन्नसक्छ । स्काउटले बालबालिकाहरुको सर्वपक्षीय विकासको लागि विविध कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
जसमध्ये म्यासेन्जर अफ पिस एमओपी कार्यक्रम पनि विश्व स्काउट संगठनको महत्वपूर्ण कार्यक्रम हो । जुन विश्वभर नै शान्ति कायम गर्न र शान्तिका वकालत गर्न विश्वव्यापी सञ्जाल निर्माण गर्न केन्द्रित रहेको छ ।’
उनले स्काउटले विविध कार्यक्रम सञ्चालन गरी बालबालिकाहरुको सर्वपक्षीय विकासको लागि काम गरिरहेको भन्दै आगामी दिनमा यस्ता कार्यहरुलाइ झनै बढाएँदै लैजानुपर्ने बताएका छन ।