
काठमाण्डु, १० चैत– गण्डकी प्रदेशमा एमाले नेता खगराज अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेकपा (माओवादी केन्द्र)ले समर्थन फिर्ता लिएसँगै अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको हो ।
आज (शुक्रबार) सरकारमा सहभागी भएका माओवादीका दुईजना मन्त्रीले राजीनामा बुझाएपछि प्रदेश सभा सचिवालय पुगेर सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन ।
नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको प्रदेश सभा सचिवालयका प्रवक्ता प्रेम सुवेदी ले जानकारी दिएका छन ।