
काठमाण्डु, १० चैत– राष्ट्रिय स्वतन्त्र पार्टीले आगमी १० वैशाखमा हुने उपनिर्वाचनमा चितवन–२, तनहुँ–१ र बारा–२ तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ ।
आज (शुक्रबार) बसेको केन्द्रीय समिति बैठकले उपनिर्वाचन हुने चितवन–२, तनहुँ–१ र बारा–२ मा उम्मेदवारी दिने निर्णय गरेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन ।
उनले भने,‘हामीले उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा आफ्नो उम्मेदवार उठाउछौं’ । बैठकले उपनिर्वाचन हुने ३ वटै क्षेत्रमा निर्वाचन परिचालन समिति पनि गठन गरेको छ ।
जसमा चितवनमा उपसभापति डोलप्रसाद अर्याल, तनहुँमा सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी र बारामा गणेश कार्की संयोजक तोकिएका छन् ।