
काठमाण्डु, १० चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्माओलीलाई पार्टी एकता गरेर नेकपा ब्युँत्याउन तयार हो ? भन्दै प्रश्न गरेका छन् ।
आज (शुक्रबार) पार्टीका भूपू प्रहरी तथा सैनिक संगठनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले केही समयअघि राष्ट्रपतिको चर्चा चलिरहेको बेलामा पनि आफुले नेकपा ब्युँताउन प्रस्ताव गर्दा प्रचण्ड सहमत भएपनि अध्यक्ष ओली सहमत नभएको बताएका छन ।
अध्यक्ष नेपालले पुनः ओलीलाई प्रश्न गर्दै भने, ‘अब के चासो राख्न तयार हो त ? पार्टी एकताको लागि त्याग गर्न तयार हो त ? ल ठीक छ, पार्टी एकताको लागि को–को ले के–के त्याग गर्नुपर्ने हो तयार हुनुपर्यो १’ उनले विभिन्न पार्टीभित्र गलत प्रवृतिका विरुद्ध नयाँ ढंगले जुध्नुपर्छ भन्ने आवाज आफुले सुनिरहेको भन्दै भने, ‘आज बिहान पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मेरो कुराकानी भयो ।
मैले उहाँलाई पनि भनेँ अहिले पनि पुरानो पार्टी नेकपालाई रिभाइभ गरौं । एउटै ठाउँमा आउनुस् हिम्मत छ ? ’अध्यक्ष नेपालको भनाइ छ ।