
काठमाण्डु,१० चैत– बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रोपटक विश्वासको मत प्रप्त गरेका छन । कुल ११० सदस्यीय प्रदेशसभाका ६७ जान सांसदले मुख्यमन्त्री जमकट्टेलले विश्वासको मत दिएका हुन् ।
विश्वासको मतको विपक्षमा १७ मत पर्यो भने ७ जना सांसद तटस्थ बसेका थिए ।कुल ११० सदस्यीय प्रदेशसभामा विश्वासको मतको लागी कम्तीमा ५६ सांसदको समर्थन आवाश्यक पर्छ ।
उनलाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले विश्वासको मत दिएका छन् । मुख्यमन्त्री नियुक्त भएको तीन महिना पनि पूरा हुन नपाउँदै उनले दोस्रोपटक विश्वासको मत पाएका छन् ।
केन्द्रमा भएको सत्ता समीकरण परिवर्तन भएसँगै राप्रपाका ३ जना मन्त्रीहरुले फागुन १३ गते राजीनामा दिंदै सरकारको समर्थन समेत फिर्ता लिएका कारण मुख्यमन्त्री जम्कट्टेलले शुक्रबार पुनः विश्वासको मत लिएका हुन् । पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका जमकट्टेलले माघ ३ गते पहिलोपटक विश्वासको मत लिएका थिए ।