
काठमाण्डु,९ चैत– कांग्रेसका सभापति शेरबहादुर देउवा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटार पुगेका छन् ।
देउवासँगै कांग्रेस उपसभापति पूर्णबहादुर खड्कापनि बालुवाटार पुगेका छन । बालुवाटारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेताहरुसँग अनौपचारिक छलफल रहेका छन ।
छलफलमा कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेकपा एकीकृत समाजवादी र गठबन्धनका अन्य नेतासमेत सहभागी हुने बताइएको छ ।
प्रधानमन्त्री प्रचण्डले १० पुसमा भित्र मन्त्रिपरिषद्लाई पूर्णता दिएपनि हालसम्म ठोस सहमति भइसकेको छैन । १० पुसको डेडलाइन आएसँगै प्रचण्डले छलफललाई तिव्रता दिएका हुन् । यसअघि बुधबार पनि प्रचण्डले गठबन्धनमा छलफल गरेका थिए ।