१० पुसकै सहमति कार्यान्वयन भए सरकारमा जान सक्छौँ: मुकुल ढकाल

काठमाण्डु टुडे २०७९ चैत ९ गते १७:१३ मा प्रकाशित

काठमाण्डु,९ चैत– राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले १० पुसकै सहमति कार्यन्वयन भए मात्रै सरकारमा जाने बताएका छन ।

उनले सरकारलाई विश्वासको मत दिइसकेकाले सम्माजनक हैसियत भएमा मात्र सरकारमा जाने बताएका छन । उनले भने,‘हामी सरकारमा जानेरनजाने भन्ने विषयमा निर्णय गरिसकेका छैनौं ।

पुस १० गतेकै सहमति कार्यन्वयन भए सरकारमा जान सक्छौं’ उनले ‘पुस १० गतेको सहमति बमोजिम गृहसहित तीन मन्त्रालय र एक राज्यमन्त्री हुनुपर्ने बताएका छन । साझा न्युनतम कार्यक्रममा हामीले भने बमोजिम विषयवस्तु समेट्नुपर्यो ।’

बैठकमा भने नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट वोलावट नभएकाले सहभागी नभएको उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us