मेरिल्याण्डमा सवारी दुर्घटना, ६ जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ चैत ९ गते १४:३० मा प्रकाशित

एजेन्सी– मेरिल्याण्डमा हिजो बुधबार भएको सडक दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । इन्टरस्टेट हाइवे ६९५ मा भएको दुर्घटनमा कारमा सवार सबै छ जनाको घटनास्थलमा नै मृत्यु भएको आपत्कालीन स्वास्थ्य सेवाका कर्मचारीले जानकारी दिएका छन ।

सडकमा मर्मतसम्भार भइरहेका बेला तीव्र वेगमा हुइँकिएको एउटा कार अस्थायी रुपमा खडा गरिएको पर्खाल लडाएर काम भइरहेको स्थानमा आएर पल्टिएको थियो ।

उक्त कारको ठक्करबाट सडकमा काम गरिरहेका केही कामदार पनि घाइते भएका प्रहरीले जानकारी दिएको छ । मृतकको सनाखत हुन बाँकी छ ।

गम्भीर घाइते भएका चालकलाई अस्पताल पु¥याइएको छ । दुर्घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us