प्रतितोला १२ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७९ चैत ९ गते ११:३७ मा प्रकाशित

काठमाण्डु,९ चैत– आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।

महासङ्घले आजको मूल्य सूची सार्वजनिक गर्दै हिजो बुधबारको तुलनामा मूल्य बढेको जानकारी दिएका छन । यससँगै आज बिहिबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भई रहेको छ ।

हिजो (बुधबार) छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ३०० रुपैयाँमा बारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको हो । यससँगै, आज चाँदीको मूल्य प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us