
दोलखा, ८ चैत– दोलखामा पेट्रोल सेवन गर्दा एक नाबालकको मृत्यु भएको छ । मूत्यु हुनेमा दोलखाको कालिन्चोक गाउँपालिका–९, सुन्द्रावती निवासी मुरारी सेढाईका २१ महिने छोरा सक्षम सेढाई रहेका छन ।
उक्त परिवार हाल सिंगटीमा पसल सञ्चालन गर्दै आएका थिए । नाबालकले कोठामा राखिएको पेट्रोल पिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । त्यसपछि नाबालकको अवस्था गम्भीर बनेको थियो ।
बाइकमा प्रयोग गरेर बाँकी रहेको पेट्रोल पाइप सहित कोठामा राखिएकोमा वालकले सेवन गरेको बताइएको छ । पेट्रोल सेवन गरेर गम्भीर भएका बालकलाई उपचारका लागि दोलखा स्थित धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको प्रहरीले बताएको छ ।