
काठमाण्डु, ८ चैत– जनता समाजवादी पार्टी जसपाका प्रवक्ता मनिष सुमनले बारा–२ १० वैशाखमा हुने उपनिर्वाचनमा सत्ता गठबन्धनको साझा उम्मेदवार जसपाले पाउनुपर्ने बताएका छन ।
उनले बारा २ मा गठबन्धनको साझा उम्मेदवारमा आफूहरुको हक लाग्ने बताएका छन । उनले भने, ‘बारा २ मा सत्ता गठबन्धनको साझा उम्मेदवार जसपाको हुनेछ भन्ने हामीले अपेक्षा राखेका छौं ।
यसअघि त्यहाँबाट निर्वाचित व्यक्ति पनि जसपाकै भएकाले साझा उम्मेदवारीमा हाम्रो हक लाग्छ।’ । उनले बारा २ मा पार्टीले उम्मेदवार टुंगो लगाइनसकेको पनि बताएका छन । ‘बारा २ को उम्मेदवार को हुने निष्कर्ष निकालेको छैन ।’
उनले भने, ‘पार्टीको विधान अनुसार क्षेत्रीय समिति, जिल्ला समिति, मधेश प्रदेश समितिले उम्मेदवार टुंगो लगाएपछि हामीले टिकटमा हस्ताक्षर गर्नेमात्र हो, जसपाले कुनै पनि निर्वाचन क्षेत्रमा उम्मेदवार निश्चय गरिसकेको छैन ।’