
काठमाण्डु, ८ चैत– आज (बुधबार) नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँ घटेको नेपाल सुनचााद्यी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार हिजो (मंगलबार) प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज (बुधबार) घटेर प्रतितोला १ लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै तेजावी सुन प्रतितोला १ लाख ७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी तोलामा १३३५ रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार चाँदी तोलामा १३४० रुपैयाँमा कारोबार भएको थियो ।