संसद विघटन कुनै गर्वको विषय थिएन: प्रचण्ड

काठमाण्डु टुडे २०७९ चैत ६ गते १४:२२ मा प्रकाशित

काठमाण्डु,६ चैत– नेकपा माओवादी केन्द्रमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गर्नु कुनै गर्भको विषय नभएको टिप्पणी गरेका छन् ।

आज (सोमबार) संसदमा विश्वासको मत लिँदै प्रचण्डले यस्तो बताएका हुन । उनले विगतका मतभेदहरू नउठाउने समझदारी भए पनि ओलीबाट पालना नभएको बताएका छन ।

उनले भने, ‘हामीले विगतका मतभेदहरू नउठाउने समझदारी गरेका थियौँ । म त्यो प्रतिवद्धततामा कायम रहे । तर, केही पक्षबाट त्यो पालना भएन’ प्रचण्डले भने, ‘संसद्मा पहिलो दिन नै संसद् विघटन जस्तो अत्यन्तै संवेदनशील प्रवेशले पायो । त्यसले सिंगो देश तरंगित भयो । त्यो विषय न सान्दर्भिक थियो ।

न प्रशंगिक थियो । देशमा ठुलो राजनीतिक र संवैधानिक सङ्कट त्यो कुनै गर्भको विषय थिएन ।’उनले सर्वोच्च अदालतले २ पटक असंवैधानिक भनिसकेको विषयलाई उछालेर गठबन्धनमा अविश्वास पैदा गरीएको बताएका छन ।

उनले संसद् विघटनको विषय उठाएर ओलीले संविधान र लोकतन्त्रको निरन्तरता मात्रै होइन संसद्को स्थायित्वमै प्रश्न चिन्ह खडा गरेको बताएका छन ।

उनले सिंगै संसद्को विश्वासको मत पाएको प्रधानमन्त्रीले त्यहीँ संसद् विघटनको खुला पक्षपोषण ठुलो संवैधानिक र राजनीतिक चुनौतीको रूपमा लिएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us