
काठमाण्डु,६ चैत– नेकपा (माओवादी केन्द्र)मा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रका संकट र सम्भावना दुबैले राष्ट्रिय सहमतिको माग गरेको बताएका छन ।
आज (सोमबार) प्रतिनिधिसभामा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन । उनले राष्ट्रका संकट र सम्भावना दुबैले राष्ट्रिय सहमतिको माग गरेकाले राजनीतिक दलहरु विभाजित हुन र एमाले र राप्रपालाई विश्वासको मत दिएर राष्ट्रिय एकतामा सहभागी हुन आव्हान गरेका छन ।
उनले भने, ‘राजनैतिक नेतृत्व र सार्वजनिक प्रशासकहरूमा विकास–मैत्री, सेवाग्राही–मैत्री र लगानी–मैत्री मानसिकता तयार गर्नु छ । लाखौं युवालाई स्वदेशमै रोजगारी सिर्जना गरी सम्मानित जीवन दिन राष्ट्रले साझा संकल्प लिनु छ’, एउटा गुणस्तरीय रंगशाला समेत नपाएका क्रिेकट खेलाडीले देशलाई विश्वकप छनोटसम्म पुर्याएँ ।
तीमाथि न्याय गर्न पनि हामी सबै एक ठाउँमा उभिनु छ । आर्थिक संकटको सामना गर्न पनि हामीसँग राष्ट्रिय सहमतिको विकल्प छैन ।’ उनले राष्ट्रिय हित र स्वाभिमानलाई उच्च प्राथमिकता दिँदै छिमेकी मुलुक र बाँकी विश्वसँग आत्मसम्मानपूर्ण सम्बन्धका लागि राष्ट्र एकतावद्ध हुनु पर्ने बताएका छन ।
उनले ‘सरकार सञ्चालन र राजनीतिको तदर्थ शैलीले मात्रै राष्ट्रका आजका आवश्यकतालाई सम्बोधन गर्न सक्ने अवस्थामा हामी छैनौं । हजारौं रोजगारी सिर्जना गर्ने महत्वाकांक्षी परियोजनाहरूका लागि हामीले बाँकी विश्वलाई विश्वस्त गर्न पनि राष्ट्रिय एकता जरुरी छ ।’