यौन दुर्व्यवहार गरेको आरोपमा किशोर पक्राउ

काठमाण्डु टुडे २०७९ चैत ६ गते १२:४१ मा प्रकाशित

काठमाण्डु,६ चैत– प्रहरीले यौन दुर्व्यवहार गरेको आरोपमा पोखराका एक किशोर पक्राउ गरेको छ ।१४ वर्षीया बालिकाका परिवारको जाहेरीपछि बाल यौन दुर्व्यवहारको आरोपमा किशोर पक्राउ परेका हुन् ।

किशोरीले आफूमाथि मामाको छोराबाट यौन दुर्व्यवहार भएको भन्दै दुई दिनअघि टिकटकमार्फत घटना सार्वजनिक गरेकी थिइन् । आइतबार पक्राउ परेका किशोरलाई कास्की जिल्ला अदालतबाट म्याद थप गरी बाल निगरानी कक्षमा राखिएको छ ।

किशोरीले टिकटकमार्फत आफू मामाको घरमा गएर बस्दा मामाको छोराले पटक पटक यौन दुर्व्यवहार गरेको जनाएकी थिइन् । मामा माइजुलाई भन्दा उल्टै गाली गरेको र मामाको छोराले आफूलाई ज्यान मार्ने धम्कीसमेत दिएका उनले बताएकी थिइन ।

जसका कारण आत्महत्याको सोचसमेत आएको उनले बताएकी छन । टिकटकमार्फत सो घटना सार्वजनिक भएपछि किशोरीको परिवारको जाहेरीको आधारमा किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिएका छन । दुवै किशोर भएकाले प्रहरीले नाम सार्वजनिक गरेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us