
काठमाण्डु,६ चैत– एमालेको संसदीय दलको बैठक बस्दैछ । बैठक आज नयाँ वानेश्वरस्थित संसद भवनकै ल्होत्से हलमा एमाले संसदीय दलको बैठक केहीबेरमा सुरु हुँदैछ । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन् ।
यसअघि गत १० पुस प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २६ पुस विश्वासको मत लिएका थिए । त्यतिबेला संसद बैठकमा उपस्थित २७० सांसदहरुमध्ये प्रचण्डले २६८ मत प्रप्त गरेका थिए ।
तत्कालीन सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, राप्रपासहित प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले समेत प्रचण्डलाई विश्वासको मत दिएका थिए ।
सत्ता समीकरण फेरिएसँगै एमाले र राप्रपाले सरकारको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएकाले प्रचण्डले पुनः विश्वासको मत लिन लागेका हुन् ।