प्रतितोला ७ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७९ चैत ६ गते ११:५० मा प्रकाशित

काठमाण्डु,६ चैत– आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको छ । अघिल्लो दिन नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य सोमबार भने घटेको नेपाल सुन–चाँदी व्यवसायी महासंघ बताएको छ महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले घटेर १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यसअघि, आइतबार छापावाल सुन अहिले सम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । यस्तै, आज (सोमबार) तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ८०० रुपैयाँ निर्धारण भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य प्रनिततोला १ लाख ९ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो । आज (सोमबार) चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १३ सय ३० सय रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य १३ सय ४५ रुपैयाँ कायम रहेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us