सांसदको शतप्रतिशत मत पाउने आश छ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०७९ चैत ५ गते १७:५१ मा प्रकाशित

काठमाण्डु ,५ चैत- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिंदा शतप्रतिशत सांसदको विश्वासको मत प्राप्त गर्ने आश रहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकपछि नयाँबानेश्वरस्थित संसद भवन परिसरमा पत्रकारहरुलाई छोटो प्रतिक्रिया दिंदै उनले यस्तो बताएका हुन् । ‘पहिला विश्वासको मत लिंदा ९९.२५ थियो ।

भोलि १०० नै हुन्छ भन्ने आश छ’ प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।प्रधानमन्त्री प्रचण्डले सोमबार संसदबाट विश्वासको मत लिँदै छन् । यसअघि गत पुस २६ गते एमालेसँगको गठबन्धनमा विश्वासको मत लिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us