१०६ क्याम्पसमा स्ववियु नेतृत्व निर्विरोध चयन

काठमाण्डु टुडे २०७९ चैत ५ गते १६:४४ मा प्रकाशित

काठमाण्डु ,५ चैत- आइतवार देशभर सञ्चालित स्वतन्त्र विद्यार्थी युनियन( स्ववियु) को निर्वाचन अन्तरगत विभिन्न १०६ वटा क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएको छ ।

कोशी प्रदेशका २१ क्याम्पसमा निर्विरोध नेतृत्व चयन हुँदा बागमतीका १९, गण्डकीका १२, लुम्बिनीका ३४, कर्णालीका १४, सुदूरपश्चिमका ३ र उपत्यकाका ५ क्याम्पसमा निर्विरोध स्ववियु चयन गरिएको हो ।

त्रिवि स्रोतका अनुसार देशभर स्ववियु चुनाव हुने क्याम्पसको संख्या ४४८ वटा रहेकामा २८४ क्याम्पसमा मनोनयन दर्ता भएको थियो । यस्तै १०० वटा क्याम्पसमा विवादका कारण मनोनयन नै दर्ता हुन सकेको थिएन ।

पछि विभिन्न क्याम्पसमा विवाद हुँदा थप १४ वटामा पनि निर्वाचन अवरुद्ध हुन पुगेपछि आइतबार निर्वाचन हुन नसकेका क्याम्पसको संख्या ११४ रहेको स्रोतले जनाएको छ । आज विभिन्न २१७ क्याम्पसमा चुनाव भएका छ।

आज विभिन्न २१७ क्याम्पसमा चुनाव भएका छ । कोशी प्रदेशमा ४१, मधेसमा ११, बागमतीमा २५, गण्डकीमा २०, लुम्बिनीमा ३८, कर्णालीमा २२ क्याम्पसमा मतदान भइरहेको छ ।

यस्तै सुदूरपश्चिमका ३५ वटामा आज निर्वाचन भएको छ भने १० वटामा ८ गते र एउटामा सोमबार हुनेछ । यस्तै उपत्यकामा २५ क्याम्पसमा आज निर्वाचन भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us