पाल्पामा टिपरको ठक्करबाट एक पुरुषको मृत्यु

काठमाण्डु टुडे २०७९ चैत ५ गते १५:४७ मा प्रकाशित

काठमाण्डु, ५ चैत- पाल्पामा टिपरको ठक्कबाट एक पुरुषको मृत्यु भएको छ ।

सिद्देश्वर खानीबाट चुनढुङ्गा बोकेर बुटवलतर्फ आउँदै गरेको लु २ ख २४४६ नम्बरको टिपरले ठक्कर दिँदा ६९ वर्षीय होमबहादुर लाम्टाङेको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए ।

घटनालगत्तै गाडी र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us