संसदमा फेरियो आसन : कांग्रेस सत्तापक्षमा, एमाले प्रतिपक्षमा

काठमाण्डु टुडे २०७९ चैत ५ गते १४:२० मा प्रकाशित

काठमाण्डु, ५ चैत- प्रतिनिधिसभामा दलहरुको आसन फेरिएको छ ।

१४ मंसिरमा सम्पन्न प्रतिनिधिसभाको चुनावपछिको अधिवेशनमा कांग्रेस प्रतिपक्षमा र नेकपा एमाले सत्तापक्षमा बस्दै आएका थिए । पुस ७ गते भएको सांसदहरुको शपथ ग्रहण कार्यक्रममा कांग्रेस, माओवादी लगायतका दलहरु सत्तापक्षको बेञ्चमा बसेका थिए ।

तर, पुस १० गते एमाले र माओवादी मिलेर पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वका सरकार बनेपछि कांग्रेस प्रतिपक्षमा पुगेको थियो । तर, राष्ट्रपति चुनावअघि नेकपा एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए ।त्यसपछि पहिलो पटकआइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले पहिलो पटक प्रतिपक्षी बेन्चमा बसेको हो ।

एमालेसँगै राप्रपा पनि प्रतिपक्षी बेन्चमा बसेको छ ।प्रतिनिधिसभामा प्रतिपक्षीको आसन सभामुखको बायाँतर्फ र सत्तापक्षको दाँयातर्फ रहन्छ

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us