प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा जाने एकीकृत समाजवादीको निर्णय

काठमाण्डु टुडे २०७९ चैत ५ गते १३:३९ मा प्रकाशित

काठमाण्डु ,५ चैत -नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएर सरकारमा जाने निर्णय गरेको छ ।

आज पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालयको बैठकले सरकारमा जाने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

खतिवडाले कति मन्त्रालय लिएर को९को जाने भन्ने विषयमा पछि निर्णय गर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us