
काठमाण्डु ,५ चैत-नेपाली कांग्रेस संसदीय दल बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ।
आज नयाँ बानेश्वरमा बसेको संसदीय दल बैठकले यस्तो निर्णय गरेको हो ।कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको जानकारी दिए।प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौं र सरकारमा सहभागी हुने हो,’ उनले आफ्ना सांसदहरुलाई पनि पार्टीको संसदीय दलको निर्णयको पालना गर्न ह्वीप जारी गर्ने बताए ।
प्रधानमन्त्रीले विश्वासको मत लिइसकेपछि मात्रै कांग्रेस सरकारमा सहभागी हुने उनले बताए ।प्रतिनिधि सभामा कांग्रेसका ८९ जना सांसद छन्।
यस्तै आजै बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको थियो।