
चितवन, ५ चैत– चितवनमा एक वयस्क बाघ मृत फेला परेको छ ।
कालिका नगरपालिका(७ स्थित उदयपुर सामुदायिक वनभित्र शनिबार दिउँसो बाघ मृत भेटिएको हो । जिल्ला वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले बाध अनुमानित ६ वर्षको रहेको बताए ।
पोष्टमार्टम गर्दा बाघको पेटभित्र बाख्राको केही अंग भेटिएका छन् । आहारमा विष परेका कारण बाघको मृत्यु हुन सक्ने खनालले जनाए ।
नमुना परीक्षणका लागि प्रयोगशाला पठाइएको र रिपोर्ट आएपछि मृत्युको कारण थाहा हुने जिल्ल वन कार्यालयले जनाएको छ ।