सोलुखुम्बुमा भिरबाट लडेर युवकको मृत्यु

काठमाण्डु टुडे २०७९ चैत ५ गते ८:०९ मा प्रकाशित

सोलुखुम्बु, ५ चैत– भिरबाट लडेर सोलुखुम्बुको माप्यदूधकोसी गाउँपालिका–३ खास्तापका ३५ वर्षीय अमृत राईको मृत्यु भएको छ ।

राईको शव शनिबार खास्तापकै चेम्सी खोलामा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक रामकिशोर साहका अनुसार दयाखोप भिरबाट लडेका राईको शव करिब एक सय ५० मिटर तल चेम्सी खोलामा स्थानीयले फेला पारेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us