
काठमाण्डु,४ चैत– सभामुख देवराज घिमिरेले व्यवसायमैंत्री कानून निर्माणका लागि आफू सधैं तयार रहेको बताएका छन ।
उनले उद्योग व्यवसायमैंत्री कानून निर्माण गर्नका लागि राजनीतिक दलहरु र सांसदहरुसँग सहजीकरण गर्न पनि आफू लागिपर्ने पनि बताएका छन ।
आज (शनिबार) ललितपुर उद्योग वाणिज्य संघले आफ्नो स्थापना दिवसको अवसर पारेर आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले मुलुकभित्रै उत्पादन वृद्धि गर्ने, रोजगारी सृजना गर्ने, नेपालमा हुने आयात प्रतिस्थापन गरी निर्यात बढाउनका लागि कानुनको अभाव हुन नदिन आफू सचेत रहेको बताएका छन ।
सभामुख घिमिरेले भने, ‘मुलुकको आर्थिक क्षेत्रमा असजिलो परिरहेको परिस्थितिप्रति हामी जानकार छौं । हामीले आज त्यही कुराको पीडा पोखिरहेका छौं । आर्थिक क्षेत्रका योगदान दिइरहनु भएको तपाई उद्योगी, व्यवसायीहरुको अप्ठयारो र असजिलो अवस्थाले व्यापार र रोजागार प्रणालीलाई कसरी अगाडि लैजाने भन्ने कुराहरुमा म तपाईहरुको यी अप्ठ्याराहरुप्रति ऐक्यवद्धता व्यक्त गर्न चाहन्छु ।’
उनले भने, ‘उद्यमी र व्यापारीलाई अगाडि लैजानका लागि निजी क्षेत्रलाई कसरी अगाडि लैजानुपर्छ भन्ने यहाँहरुले सरकारमार्फत गरेका कोसिसहरुलाई अझै व्यवहारिक रुपबाट राज्यले खेल्नुपर्ने भूमिका के हो रु त्यसका लागि यो जिम्मेवारी पूरा गर्नका लागि तपाईहरुले चिन्ता व्यक्त गर्नु भएको कुराप्रति म धन्यवाद भन्न चाहन्छु ।
उद्योग व्यवसायको प्रवद्र्धनका लागि नेपालका जनप्रतिनिधिहरुको संस्था संसद हो । त्यो संसदले यहाँ आएर ऐक्यवद्धता जनाउनुपर्दछ । तपाईहरुको समस्यालाई सुन्नुपर्छ भनेर म यहाँ आएको पनि तपाईहरुलाई भन्न चाहन्छु ।’ उनले व्यवसाय गर्न अनकूल वातावरण आवश्यक पर्ने समेत बताएका छन ।
उनले भने, ‘व्यापार गरी नाफा कमाउनु व्यवसायीको धर्म हो । तर, नाफासँगै संस्थाका सामाजिक उत्तरदायित्व बहन गर्न, सामाजिक वातावरण र दीगो विकासका लागि भूमिका तपाईहरुले खेलिरहनुभएको छ । त्यो भुमिकालाई अझ अगाडि लैजानुपर्ने कुरालाई फेरी म स्मरण गराउन चाहन्छु ।
अन्तमा नेपालको अर्थतन्त्रको ब्याजदरका कारणले समस्या परेका बारे हामी सबै जानकार नै छौं । ब्याजदरले पूँजीको लागत बढाउने र समग्र अर्थतन्त्र नै खलबलिने भएकाले यो अर्थतन्त्रलाई गतिशील बताउनका लागि हामी सबैको प्रयत्नले हामीलाई ठिक बाटोमा ल्याउने छ । त्यो कुरामा सबैको ध्यान जाओस् ।’