
काठमाण्डु,४ चैत– मार्च १३ देखि मार्च १७ सम्मको प्रि–अर्डर अवधिपछि दराज नेपालले आज देखी नयाँ रिलिज भएको सामसङ ग्यालेक्सी एम०४ को डेलीभरी सुरु गरेको छ ।
ग्राहकहरूले अझै पनि सामसङ ग्यालेक्सी एम०४ लाई दराजबाट खरिद गरी सिधै घरमा प्राप्त गर्न सक्ने जानकारी दिएको छ । सामसङ ग्यालेक्सी एम०४ सामसङको पछिल्लो स्मार्टफोन हो, जसमा एक टिबीसम्मको एक्सपान्डेबल स्टोरेज रहेको छ ।
त्यसैगरी यो स्मार्टफोन मिडियाटेक हेलियो पि३५ प्रोसेसरद्वारा परिचालित रहेको छ । साथै, यसमा ५००० एमएएच ब्याट्री र १६५५ सेमी ९६.५ इन्च एचडी प्लसको डिस्प्ले रहेको छ ।
सामसङ ग्यालेक्सी एम०४ को अर्को आकर्षक विशेषता भनेको यसको र्यामलाई विस्तार गरेर भर्चुअलमार्फत ८ जीबीसम्म बढाउन सकिने रहेको कम्पनीले जानकारी दिएको छ ।
सामसङ ग्यालेक्सी एम०४ दुई भेरियन्टहरू, ४र६४ र ४र१२८ जीबीमा प्राप्त गर्न सकिने छ । यसको मूल्य १५,४९९ र १७,४९९ निर्धारणा गरिएको छ।