१५ हजार घुससहित सव–इन्जिनियर पक्राउ

काठमाण्डु टुडे २०७९ चैत ४ गते ११:४१ मा प्रकाशित

काठमाण्डु,४ चैत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ हजार घुससहित पोखराबाट एक सव–इन्जिनियरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२८ को कार्यालयमा कार्यरत सवइन्जिनियर प्रविन विक रहेका छन । बाटो निर्माण कार्यमा जग्गा मिल्ने गरी बाटो लगिदिने भनी सेवाग्राहीसँग घुस मागेको उजुरी उनलाई अख्तियारले पक्राउ गरेको हो ।

सो आधारमा अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलई १५ हजार घुस लिइसकेको अवस्थामा वडा नम्बर १४ चाउथेबाट शुक्रबार नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रवक्ता भोला दाहालले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us