
काठमाण्डु, ४ चैत– काठमाण्डुबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाज गन्तब्यमा नपुगी बीचबाटै फर्किएको छ ।
शनिबार बिहान वीरेन्द्रनगरका लागि उडेको बुद्को यू जहाज ४१३३ कलसाइनको जहाज इन्डिकेटरमा समस्या देखिएपछि सिमराको आकाशबाट काठमाण्डु फर्किएको हो ।
जहाज सकुशल अवतरण गराइएको बुद्ध एयर व्यवस्थापनले जनाएको छ । जहाजमा ६२ यात्रु सवार थिए ।
अवतरणपछि जहाजको प्राविधिक परीक्षण थालिएको बताइएको छ ।