
काठमाण्ठु ,३ चैत – उपराष्ट्रपति निर्वाचनको मतगणना सुरू भएको छ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा मत मतगणना सुरु भएको हो। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म भएको निर्वाचनमा संघतर्फ ३११ र प्रदेशतर्फ ५१८ गरी कुल ८२९ मत खसेको छ।
निर्वाचनमा संघीय संसद्का ३ सय ३४ र प्रदेशसभाका ५ सय ५० सांसद मतदाता रहेकाकोमा संघतर्फ ३११ र प्रदेशसभा तर्फ ५१८ गरी ८२९ सांसदले मतदानमा भाग लिएका थिय।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार संघ र प्रदेशको मत गणना छुट्टाछुटै हुँदैछ। उपराष्ट्रपतिका लागि एमालेकी अष्टलक्ष्मी शाक्य,जसपाका रामसहाय प्रसाद यादव र जनमतकी ममता झा चुनावी मैदानमा छन्।