
काठमाण्डु,३ चैत– सल्यानमा चट्याङ लागेर दुई जना विद्यार्थी घाइते भएका छन् । घाइते हुनेमा २ जना स्कुले छात्रा कपुरकोट गाउँपालिका–५ स्थित जिवनज्योति माध्यामिक विद्यालय रिममा कक्षा ९ मा पढ्ने १४ वर्षीय प्रतिभा राम्जार र १३ वर्षीय एमुना बुढा रहेकी छन् ।
शुक्रबार विद्यालयबाट घर फर्किने समयमा २ जना स्कुले छात्रा घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा लगेर उपचार भइरहेको प्रहरीले बताएको छ ।