
काठमाण्डु,३ चैत– उपराष्ट्रपति निर्वाचनको मतदान समय सकिएको छ । आज शुक्रबार बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो । उपराष्ट्रपतिका लागि जम्मा ८२९ मत खसेको छ ।
जसमा संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खसेको एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिएका छन ।
उपराष्ट्रपति पदको निर्वाचनमा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार रहेका छन ।