
काठमाण्डु,३ चैत– कांग्रेस महामन्त्री गगन थापाले ५ गतेको संसद् बैठक अघि नेपाली कांग्रेसको बैठक बसेर प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा जाने निर्णय गर्ने बताएका छन ।
आज (शुक्रबार) उपराष्ट्रपति निर्वाचनमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले संसद्को प्रतिपक्षबारे भइरहेको विवाद सुल्झाउन संसद् बैठक अघि नै कांग्रेसले निर्णय गर्नु सुल्टो बाटो हुने बताएका छन ।
उनले भने, ‘हामी आजको दिनसम्म प्रमुख प्रतिपक्ष दलको हैसियतमा छौं । तर, चैत ६ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने भन्ने भइसकेपछि त्यसभन्दा पहिल्यै हाम्रो पार्टीले निर्णय गर्नुपर्यो’, थापाले भने, ‘हामीले विश्वासको मत दिनेनदिने र सरकारमा जानेनजाने पनि निर्णय गर्नुपर्यो ।’
उनले ५ गतेको संसद् बैठक बस्नुभन्दा पहिले कांग्रेसले बैठक बसेर विश्वासको मत पनि दिने र सरकारमा पनि सहभागी हुने भन्ने निर्णय गर्नु सुल्टो बाटो हुने बताएका छन ।