उपराष्ट्रपति निर्वाचन: ७ सय २३ मत खस्यो

काठमाण्डु टुडे २०७९ चैत ३ गते १४:२९ मा प्रकाशित

काठमाण्डु,३ चैत– सङ्घीय संसद् नयाँबानेश्वरमा जारी उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत २ बजेसम्मको मतदानमा ७ सय २३ मत खसेको छ ।

उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मतदान सुरु भएको हो । अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ ।

सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र तय गरिएको छ । निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता रहेका छन ।

उपराष्ट्रपति पदको निर्वाचनमा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us