
काठमाण्डु, २ चैत– आज (बिहिबार) नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १ हजार र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
आज (बिहिबार) बजारमा छापावल सुनको मूल्य प्रतितोला एक लाख ६ हजार ७ सय रुपैयाँ कारोबार भएको छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला एक लाख ६ हजार २ सय रुपैयाँ छ भने चाँदीको मूल्य प्रतितोला १३ सय ५ रुपैयाँ कायम भएको छ ।
हिजो (बुधबार) छापावल सुनको मूल्य प्रतितोला एक लाख ५ हजार ७ सय र चाँदी १३ सय रुपैयाँमा खरिद विक्री भएको थियो ।