पूर्वमन्त्री न्यौपानेले रुँदै भने: धरौटी राख्ने रकम छैन

काठमाण्डु टुडे २०७९ फागुन ३० गते १३:१४ मा प्रकाशित

काठमााण्डु,३० फागुन– भृकुटीमण्डप फनपार्कको जग्गा भाडामा दिँदा भ्रष्टाचार गरेको अभियोगमा ९ वर्ष ६ महिना कैद सजाय सुनाइएका पूर्वमन्त्री बद्री न्यौपानेले आफ्नो राजनीति सिध्याउन प्रयास भएको बताएका छन । आज मंगलबार काठमाण्डु पत्रकार सम्मेलन गरी न्यौपानेले यस्तो बताएका हुन ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रहका साथ मुद्दा लगाएको र त्यस्तै फैसला भएको बताएका छन । समाज कल्याण परिषदले कार्यसमितिबाट निर्णय गरेर जग्गा भाडामा लगाउने गरेको भएपनि आफूले फूल बोर्डको बैठक राखेको र मन्त्रिपरिषद्मा समेत प्रस्ताव लगेको बताएका छन ।

मन्त्रिपरिषद्ले परिषद् आफैंमा स्वसासित संस्था हो, यसअघि जे गरेको छ, त्यही अनुसार गर्नु भनेर आएपछि आफूले बोर्ड बैठक राखेर निर्णय गरेको उनले बताएका छन । एक लाख ७५ हजार ९भ्याटसहित२ लाख २ हजार ४००० रहेको भाडालाई ५ लाख ५५ हजारको सम्झौता गर्ने निर्णय गरेको भन्दै उनले अघि भने, ‘५ वर्षमुनि कसैलाई टिकट लाग्दैन, ६० वर्षभन्दा माथि लाग्दैन । १० बजेदेखि ५ बजेसम्म खुल्छ ।

त्यसलाई इच्छुमती तरकारी बजारसँग ९भएको सम्झौता० दाँजेर ममाथि लान्छना लगाइयो ।’ उनले भाडामा लगाउने निर्णय गर्ने प्रक्रियामा सहभागी ५ जना उपसचिवलाई सफाइ दिएको, तर आफूलाई ९ वर्ष ६ महिना कैद, २ करोड ४३ लाख बढी जरिवाना र त्यति नै बिगो भराउने निर्णय गर्नु पूर्वाही भएको बताएका छन ।

विशेष अदालतको फैसला पूर्वाग्रही भएपनि आफू पुनरावेदनमा जान सक्ने अवस्थामा नरहेको बताएका छन । पुनरावेदन गर्न जरिवाना र कैद बराबर दिनको ३०० रुपैयाँ धरौटी राख्नुपर्ने भन्दै उनले भने, ‘मसँगै जग्गा छैन, बैंक ब्यालेन्स छैन र भाइको घरमा शरणार्थी बसेको छु । म न धरौटी राख्न सक्छु, न सर्वोच्च अदालतमा जाने हैसियतमा छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us