
काठमाण्डु,२९ फागुन– एमालेको संसदीय दलको उपनेतामा सुवास नेम्वाङ नियुक्त भएका छन् ।
आज (सोमबार) संसदीय दलका नेतासमेत रहेका पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङलाई उपनेताको नियुक्ति दिएका हुन् ।
यस अधीको प्रतिनिधिसभामा पनि नेम्वाङ एमाले संसदीय दलको उपनेता थिए । यसअघि ओलीले आइतबार संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई नियुक्ति गरेका थिए ।