नाइजेरियाको राष्ट्रपतिमा बोला टिनुबु निर्वाचित

काठमाण्डु टुडे २०७९ फागुन १७ गते १७:०९ मा प्रकाशित

एजेन्सी– नाइजेरियामा सत्तारुढ दल अल प्रोग्रेसिभ कङ्ग्रेसका उम्मेदवार बोला टिनुबु निर्वाचित भएका छन । उनले ८० लाख ७९ हजार मत ल्याएर राष्ट्रपतिमा निर्वाचित भएका हुन ।

७० वर्षीय राष्ट्रपति आफ्ना निकटतम प्रतिद्वन्द्वी पूर्वउपराष्ट्रपति अतीकु अबुबाकरलाई पराजित गरेर निर्वाचित भएका हुन् । नेता अबुबाकरले ६ लाख ९८ हजार मत प्राप्त गरेका छन् भने उनलाई पछ्याउँदै लेबर पार्टीका उम्मेदवार पिटर ओबीले ६१ लाख भोट प्रप्त गरेको पाएराष्ट्रिय निर्वाचन आयोगका अध्यक्ष महमूद याकुबुले जानकारी दिएका छन ।

यो निर्वाचनमा नाइजेरियाको इतिहासमा सबैभन्दा कडा प्रतिस्पर्धा भएको थियो । नेता टिनुबुको पकड बलियो रहेको लागोसका साथै देशको दक्षिणपश्चिम क्षेत्रमा आफ्नो गढ बनाएका ओबीलाई पराजित गरेका छन् ।

नवनिर्वाचित राष्ट्रपति टिनुबु लागोस राज्यका पूर्वगभर्नर एवम् सिनेटर थिए । राष्ट्रव्यापी समर्थकहरूको विशाल भेलालाई सम्बेधन गर्दै उनले आफ्नो जितसँगै नाइजेरियामा नयाँ आशा पलाएको जानकारी दिएका छन । उनले दिगो विकासमा ध्यान दिने तथा नागरिकका चाहनाबमोजित राष्ट्रिय विकासका काम गर्ने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us